दक्षिणकाली मन्दिर

धार्मिक महत्व

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट पनि वि. सं. १८२६ मा दक्षिणकालीकाको नित्य पूजाको गुठी राखेको र शाह वंश राजाहरुले दक्षिणकालीलाई इष्टदेवताको रुपमा मानिआएका छन् । वि. सं. १८५६ मा श्री ५ गीर्वाण युद्ध बिक्रम शाहबाट नित्य पुजा र महापुजा सम्बन्धी गुठ िराखिएको छ । राजदरवारबाट बेला बेलामा पूजाको आयोजना हुने र राजाबाट बैशाख शुक्ल अष्टमीका दिन विशेष पंचबलि सहितको पूजा हुने परम्परादेखि रहिआएको छ । अष्टमी, चतुर्दशी तथा मंगलबार र शनिबारका दिन भक्तजनहरुको भिड लाग्ने गरेको पाईन्छ । मताको नित्य पूजा पुजारी कर्माचार्यले देवीको मूर्ति सामुन्ने तान्त्रिक पद्दतिबाट शुद्धिपूर्वक बिहान १२ बजेको समयमा गरिने चलन छ । सो चलन राजा प्रताप मल्लको समयकालदेखि चलिआएको मानिन्छ । सर्वसाधरण भक्तजनहरुले दक्षिणकालीको पूजा विभिन्न रुपले गर्दछन् । कतिपय पूजा भाकलको रुपमा बलि वा पञ्चवलि चढाएर गर्ने गरिएको पाइन्छ । मानिसहरुले चिताएको कुरा पूर्ण गरिदिने माताको वर प्रसादबाट अस्वस्थ मानिस पनि स्वस्थ्य हुन सक्ने तथा निस्काम सेवा (पूजा) गर्ने मानिसले मोक्ष प्राप्त गर्न सक्ने विश्वासको कारण पनि माताको प्रसिद्धि सर्वत्र फैलिएको छ ।

Worshipping (The Pooja)

King Prithvi Narayan Shah the Great had set-up a trust in the year 1826 B.S. in order to carry out the day -to-day worship of the Goddess Dakshinkali. Kings of the Shah Dynasty have recognised the Goddess Dakshinkali as their household deity. In the year 1856 B.S. the late His Majesty the King Girvan Yuddha Bikram Shah established a trust for day-to-day worship and the special Great worship of the goddess Dakshinkali.

From the same period, the royal palace organize special worship from time to time and also there is established tradition that the royal palace organises a special worship with Pancha Bali (sacrificing five different types of animals and birds) on the 8th day of full moon night in the month of Baishakh. Crowds of devotees to congregate especially on the eighth and fourteenth day of every full-moon or no-moon fortnight and Tuesday and Saturday of every week.

There is a custom that the Karmacharya, the worshiped of the temple, performs the worship of Goddess Dakshinkali at 12:00 O'clock in the morning by uttering the Mantras relative to Tantras. It is believed that the custom of such worship has prevailed from the period of late King Pratap Malla. General devotees use to perform the worship in their own way. lt is found that many worship are carried out by way of offering the sacrifice of one animal or Panchabali to fulfill their promise. It is believed that by the grace of the Goddess any desire of human being would be fulfilled. People with belief that any sick person may be well and get recovery and any person who worships being free from any desire may get salvation, the fame of the Goddess is spread everywhere.

पेशल कुमार पोखरेल

कार्यकारी अधिकृत

9845259708

प्रतिक्रिया

आफ्नो भनाई

दक्षिणकाली मन्दिर नेपालमा हिरिया, अद्भुत र भक्तिपूर्ण स्थल हो। स्थानीय लोगहरूले यहाँको पूजा-अर्चनामा लागेको अनुभव गरेका छन् र यो स्थल सांस्कृतिक धरोहरको रूपमा महत्त्वपूर्ण छ। सुन्दर प्राकृतिक वातावरणमा सुरक्षित रही, यो स्थान धार्मिक आनन्दमा लुट्दैछ।

सचिन झा -

महोत्तरी

सुन्दर प्राकृतिक वातावरणले यो स्थानलाई एक अलौकिक रूपमा बनाउँछ। मन्दिरको चारो पर्वतीय वातावरणले यहाँ आएका भक्तहरूलाई ध्यानमा लगाउँछ र यो स्थल ध्यान र साधना को लागि एक अत्यन्त उत्कृष्ट स्थान हो।

तसिका सिंह -

बागबजार, काठमाडौं

मैले दक्षिणकाली मन्दिरमा गएको अनुभव एक अद्भुत र भक्तिपूर्ण सागरको समान थियो। यो स्थल नेपालको हृदयभूमि हो, जुन धार्मिकता, सांस्कृतिक धरोहर, र प्राकृतिक सौन्दर्यसँग परिपूर्ण छ।

बिन्दिया महर्जन -

ललितपुर