दक्षिणकाली हातामा ब्रम्हायणी, महेश्वरी, कुमारी, बाराही, इन्द्रयणी, चामुण्डा, गणेश र भैरबलगायत देवदेवीका मूर्ति छन् । शनिबार र मङ्गलबार दर्शनार्थीको भिड लाग्छ । तिर्थालुहरु कुखुरा, हाँस, राँगो, र बोकाको बली चढाउँछन् । यहाँ बडा दसैँका बेला विशेष मेला लाग्छ ।
पहिला दक्षिणकाली मन्दिर बज्रयोगिनीभन्दा माथि नर्गचो डाँडामा थियो । संस्कृतिविद् सुरेन्द्र मानन्धरकाअनुसार लिच्छिवी राजा प्रताप मल्लले आफना तान्त्रिक गुरु लम्बकर्ण भट्टाको सहयोगमा नदीको दोभानमा मन्दिर बनाएर श्यामवर्ण मूर्ति स्थापना गरेका हुन् । सपनामा दक्षिणकालीले आफनो वास्तविक रुपको मूर्तिसहित मन्दिर बनाउन आदेश दिएकाले राजाले नेपाल संवत ७७४ मा दोभानमा मन्दिर बनाएको भनाइ छ । दक्षिणकाली मन्दिरको दक्षिणमा दक्षिणकालीको माता स्थान छ । त्यहाँ ठूलो ढुङ्गा छ । त्यसमा कालीको पूर्णकदको मूर्ति छ । पहिलापहिला गोपालेश्र महादेवको दर्शनपछि मात्र दक्षिणकालीको दर्शन गर्ने चलन थियो । फपिङ–हेटौंडा सडकमार्गसँग जोडिएको मन्दिर क्षेत्र वनभोजस्थलका रुपमा समेत स्थापित भइसकेको छ । यही मन्दिरको नामबाट दक्षिणकाली नगरपालीकाको नामकरण गरिएको हो ।